दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमालको मृत्यु भएको छ ।
कुमालको बाँकेको नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचारको क्रममा शनिबार दिउँसो १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ । शुक्रबार साँझ साढे सात बजेको समयमा खाना पकाउने क्रममा आगोको लप्को धोतीबाट सल्केर शरीरमा फैलिएको थियो । वसन्तीको अधिकाँस शरीरको भाग जलेको थियाे । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका काेहलपुर रिफर गरिएको थियाे ।