२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

जन्मदिनमा युवा नेता तथा सामाजिक अभियान्ता क्षेत्रीद्धारा बालकको उपचारमा सहयोग


पश्चिमदाङका युवा नेता तथा सामाजिक अभियान्ता झुपु क्षेत्रीले जन्मदिनमा एक बालकको उपचारका लागि सहयोग गरेका छन् । नेपाली कांग्रेस बबई ४ का सभापति क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा ६ हजार एक सय रुपैयाँ शान्तिनगर गाउँपालिका वडा नं. १ बसबिसौनीका १४ बर्षीय हेमन्त रोकाकोे उपचारमा आर्थिक सहयोग गरेका हुन् । केहि दिन अघि छहरा अनलाइनमा प्रकाशित ‘१४ बर्षीय हेमन्तको उपचारमा सहयोग गरिदिन अपिल’ समाचार हेरेर युवा नेता क्षेत्रीले बालकको घरमै गएर सहयोग गरेका हुन् ।

छहरा अनलाइनका अध्यक्षका समेत रहेका क्षेत्रीले जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बालकको उपचारमा टेवा पुगोस भन्ने उद्येश्यले सहयोग गरेको बताउनुभयो । क्षेत्रीले राजनितिक तथा सामाजिक काम सहित विभिन्न व्यक्तिको उपचारमा सहयोग रकम जम्मा गरिदिएर उपचारको व्यवस्था समेत गर्दै आएका छन् । हेमन्त विगत १ बर्ष देखि रोगबाट पिडित हुदैं आएका छन् ।
विभिन्न अस्पतालमा उपचार गराएतापनि उनको रोग अझै पत्ता लाग्न सकेको छैन् । उपचार गराउँदा गराउँदै भएको रकम सकिएको र रकम अभावमा उपचार समस्या परेको भन्दै परिवारले सहयोगका लागि सबैमा अपिल गरेको छ । सहयोग गर्नुहुने सहयोगीमनले गिता रोकाको नाममा रहेको कुमारी बैंक खाता नं. 1520094777100001 मा जम्मा गरिदिन आग्रह गरिएको छ ।