२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

विप्लव नेतृत्वको एक घण्टे चक्काजाम

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङ लगायत देशभर एकघण्टे बन्द गरेको छ । तत्कानिल प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै पूर्व निर्धारित कार्यक्रम अनुसार विहान १० बजे देखि विहान ११ बजे सम्म एक घण्टे चकक्काजाम गरेको हो ।
२०७७ फागुन २० गते केपी ओली नेतृत्वको सरकारसंग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको थियो ।