२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पश्चिमदाङको विकट बस्ती मलईमा विधुत बत्ती बल्यो

पश्चिमदाङको विकट बस्ती मलईमा विधुत बत्ती बलेको छ । बबई ७ मलईबासीले लामो सयमको संघर्षपछि विधुत बत्तीको सेवा पाएका छन् । घर–घरमा केहि दिनमा बत्ती बल्ने छ, आज विधुतको एक पोलमा बत्ति बालेरमा परिक्षण गरिएको छ । मलईबासीको बत्ती बाल्ने सपना पुरा हुन लागेको छ । अन्धकारमय जिवन विताउन बाध्य भएका मलईबासीको विधुत बत्तीको सेवा पाउने भएका छन् ।

घर–घरका विधुत बत्ती बाल्न मिटर जडानकाका लागि विधुत कार्यालयमा सिफारिस पठाइसकेको र केहिदिन भित्र घर–घरमा विधुत बत्ती बल्ने वडा अध्यक्ष तिलकराम भण्डारीले जानकारी दिनुभयो । घर–घरमा मिटर जडान भएपछि औपचारीक कार्यक्रमको आयोजना गरी उदघाटन गरिने वडा अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिका प्रवक्ता समेत रहेका भण्डारीले बबई – ७ मलई हुदै वडा नं. १ मलईका लागि ५ लाख रुपैया बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका विकट बस्तीमा विधुत बत्ती बालेर उज्यालो बबई बनाउने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।