२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

भुप बहादुरको उपचारमा सहयोग गरिदिन अपिल

दाङको घोराही उपमहानगरपालिका ५ धर्नाका भुप बहादुर के.सी.लाई उपपचारको निम्ति रकम अभाव भएपछि मृत्यु कुर्नुको बिकल्प छैन । उमेरले ३१ बर्ष पुगेका के.सी. रोजगारीका लागि मलेसियामा हुनुहुन्थ्यो, मलेसियामा बिरामी परेपछि चेकजाँच गर्दा टी.भी. रोग देखायो अन्ततः कम्पनीले उहाँलाई उपचार गर्नुको साटो नेपाल पठाईदियो ।

मलेसियाबाट बाच्ने आसमा नेपाल फर्किएका केसीको घोराहीमा रहेको बुद्ध हस्पिटलमा उपचार सुरु भयो। मलेसियाबाट टि.भी रोग भनेको उहाँलाई रोग पुरानो भएछ भनेर चितवन रिफर गर्यो चितवमा चेकजाँच गर्दा टि.भी रोग संगै हर्निया समेत देखा पर्यो । बिस्तारै नाईटो फुलिने र पेटमा पानी जम्मा हुने समस्या समेत देखा पर्यो ।

अस्पतालको सल्लाहमा केसी करिव ३ महिना पेटको पानी निकाल्न हप्तामा १/२ पटक चितवन पुग्नु भयो यधपी समस्या समाधान भएन । भएको पैसा सकियो,३ कठ्ठा जग्गा धितोमा राखेको तिर्न नसकेपछि साहुले खाईदियो अन्ततः अल्सर देखियो भनेर चितवनवाट काठमाडौं रिफर गरिदियो अस्पतालले ।

मलेसियाबाट दाङ,चितवन हुदै काठमाडौं पुराइएका के.सीलाई टिचिङ हस्पिटलको इमर्जेन्सी कक्षमा मृत्यु पर्खिनुको बिकल्प छैन । उपचार अगाडि बढाउन पैसा छैन आफन्तको सहयोगमा अस्पतालमा राखेका छौं बिरामीका भाई भिम बहादुर केसीले भन्नुभयो, ‘तपाईंहरु जस्तो सञ्चारकर्मीहरुले पहल गरे केही सहयोग आए बचाउन सकिन्छ कि’ ।

केसीलाई वडाले आर्थिक सहयोग गरिदिन सिफारिस गरेको छ । आफन्तहरुको केही सहयोगले ज्यान बाचिरहेको छ। सहयोगका निम्ति परिवारले सबैलाई आग्रह गरेको छ। सहयोग गर्न चाहाने सम्पूर्णले बिरामीको भाई भिम बहादुर केसीको कुमारी बैंक तुलसीपुर शाखाको खाता नम्बर 02701254 48400001गर्न सकिनेछ । थप बुझ्न चाहे 9748355602 सम्पर्क गर्नुहाेला ।