२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । लामिछाने संगै तीन जना उपप्रधानमन्त्री हुने भएका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्।

सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकले श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको हो। श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यसअघि नारायणकाजीलाई गृह मन्त्रालय दिने सहमति भए पनि लामिछानेले गृहमा दाबी नछोडेपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय लिन आग्रह गरेका हुन्। आइतबार नियुक्त प्रधानमन्त्री प्रचण्डसहित तीन जना उपप्रधानमन्त्रीहरूले आज दिउँसो ४ बज शपथ लिँदैछन्।