२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पश्चिमदाङमा ‘जनता जान्न चाहन्छ’ टेलिसिरियल निर्माण

पश्चिमदाङमा ‘जनता जान्न चाहन्छ’ टेलिसिरियल निर्माण गरिएको छ । स्मार्ट फिल्मस् स्टुडियोको निर्माणमा टेलिसिरियल निर्माण गरिएको हो । सामाजिक कथा बस्तुको गाउँले परिबेशमा ‘जनता जान्न चाहन्छ’ टेलिसिरियल निर्माण गरिएको टेलिसिरियलका कलाकार तथा निर्देशक अभिषेक मल्लले जानकारी दिनुभयो ।

पश्चिमदाङमा सामाजिक कथा बस्तुमा केहि नयाँपन गरौ भन्ने उद्येश्यले टेलिसिरियल निर्माण निर्देक मल्लले बताउनु भयो । सिरियलको पहिलो भाग छायाङकन गरिएको छ । टेलिसिरियललाई राम्रो र स्तरीय बनाउने प्रयास गरिएको छ । कलाकारहरुमा अभिषेक मल्ल, चन्द्रा मगर, नविन सोनम, सागर बस्नेत, कल्पना रोकाय, भरत मगर, चेत वहादुर के.सी., सुबास न्यौपाने, रमेश चौधरी आदि रहेका छन् । सिरियलको निर्देशकमा अभिषेक मल्ल, छायाङकनमा मित्रबाबु, उत्तम चन्द, ग्राफिक डिजाइनमा रमेश चौधरी, संञ्चार सल्लाहकारमा प्रेम पुन, सल्लाहकारहरूमा हरि खड्का समर्पण, प्रमोद आचार्य, अन्तुष्ट जलन रहेका छन् । यसैगरी मिडिया पार्टनरमा छहरा अनलाइन रहेको छ ।
सिरियल प्रदेश टेलिभिजन र स्मार्ट फिल्मस् स्टुडियो अफिसिय युटुब च्यानलबाट प्रशारण गरिने छ ।

 

 

तस्वीरहरु