२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

सुन चाँदीको भाउ लगातार बढ्यो

सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख एक हजार एक सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।