२०७९ माघ ७ गते शनिवार
२०७९ माघ ७ गते शनिवार

‘जनता जान्न चाहन्छ’ सिरियलको पहिलो भाग यूटुवमा (भिडियो सहित)

पश्चिमदाङमा निर्माण भएको ‘जनता जान्न चाहन्छ’ सिरियल को पहिलो भाग यूटुवमा सार्वजनिक गरिएको छ । स्मार्ट फिल्मस् स्टुडियोको अफिसियल यूटुव च्यानलमा सार्वजनिक गरिएको छ । सामाजिक कथा बस्तुको गाउँले परिबेशमा ‘जनता जान्न चाहन्छ’ सिरियल निर्माण गरिएको टेलिसिरियलका कलाकार तथा निर्देशक अभिषेक मल्लले जानकारी दिनुभयो ।

पश्चिमदाङमा सामाजिक कथा बस्तुमा केहि नयाँपन गरौ भन्ने उद्येश्यले सिरियल निर्माण निर्देक मल्लले बताउनु भयो । सिरियलको पहिलो भाग राम्रो र स्तरीय बनाउने प्रयास गरिएको छ । कलाकारहरुमा अभिषेक मल्ल, चन्द्रा मगर, नविन सोनम, सागर बस्नेत, कल्पना रोकाय, भरत मगर, चेत वहादुर के।सी।, सुबास न्यौपाने, रमेश चौधरी आदि रहेका छन् । सिरियलको निर्देशकमा अभिषेक मल्ल, छायाङकनमा मित्रबाबु, उत्तम चन्द, ग्राफिक डिजाइनमा रमेश चौधरी, संञ्चार सल्लाहकारमा प्रेम पुन, सल्लाहकारहरूमा हरि खड्का समर्पण, प्रमोद आचार्य, अन्तुष्ट जलन रहेका छन् । यसैगरी मिडिया पार्टनरमा छहरा अनलाइन रहेको छ ।