प्रजातन्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अन्तरक्रिया तथा विरामीलाई फलफुल वितरण कार्यक्रम गरेको छ । ४७ औ मेलमिलाप दिवसको अवसरमा अस्पतालमा कार्यक्रम गरेर मनाइएको हो ।
संघको आयोजनामा हरेक वर्ष दिवसको अवसरमा रचनात्मक कामहरु हुदै आएका छन । यस वर्षको दिवसमा विरामीसंग रहेर मेलमिलाप दिवस प्रजातान्त्रिक उद्योगि व्यवसायी संघले मनाएको छ । नेपाली काग्रेसका संस्थापक विपी कोइरालाले अगिकार गरेको मेलमिलपको नीति अहिले पनि सार्थक भइरहेको हुदा त्यो दिनको स्मरणमा प्रजातन्त्र प्रति विश्वास राख्नेहरु संग अन्तरक्रिया गरिएको संघले जनाएको छ । सो अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो । संघका अध्यक्ष जनक प्रसाद खरालको अध्यक्षतामा तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
केन्द्रीय सदस्य गिरीले विपीको मेल मिलाप नीतिको सान्दर्भिकता अहिले पनि उत्तीकै रहेको बताए । उनले अहिलेको आबश्यकता पनि मेलमिलापको नीति रहेको हुदा यसको महत्व अझ बढ्दै गएको वताए । कार्यक्रममा पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, संविधान सभा सदस्य बुद्धीराम भण्डारी, काग्रेस नेता महादेव शाह, राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा ओम प्रसाद अर्याल लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव झलक केसीले गरेका थिए ।