नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनका अनुसार चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन्।
लुम्बिनी प्रदेश संसदीय दल नेतामा चार जना आकांक्षी देखिएका थिए। चौधरीसंगै राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि चौधरी सर्वसम्मत चयन भएका हुन्।