२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

शान्तिनगरमा कांग्रेसको २ दिने अभिमुखीकरण कार्यक्रम

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसले पालिका स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम आज देखि सुरु गरेको छ । आज एक कार्यक्रम विच शान्तिनगर – ४ जुम्लेकुलामा २ दिने अभिमुखीकरण कार्यक्रम उदघाटन गरिएको हो ।

नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक के.सी.को सभापतित्व तथा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रनितिधि केशव आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा नेपाली कांग्रेसका दाङका सचिव अर्जुन योगी, सहसचिव सुबोध कुमार डाँगी, महाधिवेशन प्रतिनिधिहरु टिकाराम घर्ती, विमल रिजाल, क्षेत्रिय सचिव शोभाकर सापकोटा, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा के.सी.(बुढाथोकी) लगायत नेताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।नेपाली कांग्रेस शान्तिनगरका उपसभापति दोर्ण वहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद मन्तव्य कोषाध्यक्ष थमन प्रसाद कडेलले गर्नु भएको थियो भने सहजिकरण सचिव दिपक लामिछाने र रोशन रावतले गर्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रमको आज पहिलो दिनमा नेपाली कांग्रेसको इतिहास, पार्टीको झण्डा, राजनिति क्रान्ति, राजनिति बैठक, राजनिति आदर्श लगायत विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षकहरुमा नेपाली कांग्रेसका दाङका सचिव अर्जुन योगी, निशान्त आचार्य र यादव गिरी रहनु भएको छ । अभिमुखीकरण कार्यक्रममा शान्तिनगर गाउँपालिका भित्रका पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजन उपस्थिति रहेको छ ।