२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा लेखक मनोनित

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । सभापति समेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।