२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

शान्तिनगरमा कांग्रेसको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसको पालिका स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर – ४ स्थित जुम्लेकुला खानेपानीको सभाहलमा संचालन भएको २ दिने अभिमुखीकरण कार्यक्रमको आज एक कार्यक्रमका विच सम्पन्न गरिएको हो ।

नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक के.सी.को सभापतित्व तथा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन कुमार योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य घनश्याम भण्डारी, २०३६ सालको बहुदल प्रचार प्रसार समितिका संयोजक यमप्रसाद पाण्डे, नेताहरु मदन रसिद, कुल वहादुर खड्का, बुद्धिराम तिवारी, शशिधर के.सी., टिकालाल छन्त्याल, वडा नं. ४ का सभापति चेत वहादुर डाँगी, क्षेत्रिय प्रतिनिधि डम्बर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो । यसैगरीहरु प्रशिक्षार्थीको तर्फबाट डिल्ली बहादुर भण्डारी, अमृता कुमारी शर्मा र कृष्ण वहादुर चौधरीले मन्तव्य राख्नु भएको थियो ।

प्रशिक्षकहरुमा नेपाली कांग्रेसका दाङका सचिव अर्जुन कुमार योगी, निशान्त आचार्य र यादव गिरी रहनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा शान्तिनगर गाउँपालिका भित्रका पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजन उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्र्रशिक्षकहरुलाई मायाको चिनो र अन्य व्यक्तिलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण सचिव दिपक लामिछाने गर्नु भएको थियो ।