२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

पाँचथरमा घरमा आगलागी हुँदा दुई जनाको ज्यान गयो

पाँचथरमा घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ भने घाइते हुनु भएको छ । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाएका छन् ।

खतिवडाका अनुसार आगलागीबाट घर पनि पूर्ण रुपमा क्षति भएको छ । विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ । गएराति साढे १ बजेतिर लागेको आगो बिहान ४ बजेतिर नियन्त्रणमा आएको हो ।