२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

अस्ट्रेलियामा बस्ने डाँगीले जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण गर्ने

दाङको शान्तिनगर – ७ घुसुरा घर भई हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका तारा वहादुर डाँगीले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएका छन् । अस्ट्रेलिया जनसम्पर्क समितिका केन्द्रिय सदस्य तथा समाजसेवी डाँगीले शान्तिनगर र बबईका विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेका हुन् । उनले केहि समय अघि जेष्ठ नागरीकलाई सम्मान गरि सकेका छन् । कार्यक्रमको समन्वय शान्तिनगर गाउँपालिका वडा नं। ७ का वडा सदस्य तथा युवा नेता सुबोध बुढाथोकी र युवा नेता यादव चौधरीले गरेको हुन् ।