२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

लमहीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

लमहीमा ट्रकको ठक्करबाट एकजनाको घटना स्थलमै मृत्यु भएको छ। पुर्बबाट पश्चिम जाँदै गरेको लु २ ख ६८९ नम्बरको ट्रकले गएराती अन्दाजी १२ बजे ठक्कर दिदा लमही नगरपालिका वडा नं. ८ गोझेना निवासी ५३ बर्षिय प्रेमलाल खत्री रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) मा साईकल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्तरणमा छ । शबलाई लमही अस्पतालमा राखिएको छ ।