२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु

फाइल तस्वीर ।

रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका ५ पोबाङ निवासी ४२ वर्षिय हिकलाल पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जाकारी दिएको छ ।

मंगलबार बेलुका स्थानीय कालीहाङ भन्ने ठाउँमा बिजुली तार तान्ने काम सकेर घर फर्कने क्रममा सोहि कालीहाङ नजिकै भीरबाट लडेर २० मिटर तल खसेका हिकलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले बताउनुभयो ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पोबाङबाट प्रहरी वरिष्ठ नायव निरीक्षक सुर्यलाल गुरुङको कमान्ड प्रहरी टोलि घटनास्थल पुगेको थियो ।