२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

‘जनता जान्न चाहन्छ’ सिरियलको तेस्रो भाग यूटुवमा (भिडियो सहित)

पश्चिमदाङमा निर्माण भएको ‘जनता जान्न चाहन्छ’ सिरियल को तेस्रो भाग यूटुवमा सार्वजनिक गरिएको छ । स्मार्ट फिल्मस् स्टुडियोको अफिसियल यूटुव च्यानलमा सार्वजनिक गरिएको छ । सामाजिक कथा बस्तुको गाउँले परिबेशमा ‘जनता जान्न चाहन्छ’ सिरियल निर्माण गरिएको टेलिसिरियलका कलाकार तथा निर्देशक अभिषेक मल्लले जानकारी दिनुभयो ।

पश्चिमदाङमा सामाजिक कथा बस्तुमा केहि नयाँपन गरौ भन्ने उद्येश्यले सिरियल निर्माण निर्देक मल्लले बताउनु भयो । कलाकारहरुमा अभिषेक मल्ल, चन्द्रा मगर, नविन सोनम, सागर बस्नेत, कल्पना रोकाय, भरत मगर, चेत वहादुर के.सी. सुबास न्यौपाने, रमेश चौधरी आदि रहेका छन् । सिरियलको निर्देशकमा अभिषेक मल्ल, छायाङकनमा मित्रबाबु, उत्तम चन्द, ग्राफिक डिजाइनमा रमेश चौधरी, संञ्चार सल्लाहकारमा प्रेम पुन, सल्लाहकारहरूमा हरि खड्का समर्पण, प्रमोद आचार्य, अन्तुष्ट जलन रहेका छन् । यसैगरी मिडिया पार्टनरमा छहरा अनलाइन रहेको छ ।