घोराही उपमहानगरपालिका ९ स्थीत नरदेबि मावि तेघरामा पुर्व विद्यार्थी बन्दना शाहले विद्यालयलाई १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेकी छन् । विद्यालयबाट २०५८ सालमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेकी शाहले आफुले अध्ययन गरेको विद्यालयका लागि केही गरौँ भन्ने सोचका साथ सहयोग गरेको बताइन् ।
बालबालिकाको शैक्षिक तथा खेल क्षेत्रको बिकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ किन्डर हिल नेपाल संस्था मार्फत आज बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरिएको हो । बास्केट बलको कोर्ड निमार्ण, टेवल टेनिसका सामग्री, भलिवल, फुटवल तथा शारिरीक व्यायामका सामग्रीहरु बिद्यायलका प्रधानाध्इापक कमल खड्का र बिव्यस अध्यक्ष खिमबहादुर केसीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा किन्डर हिल नेपालका अनुपबिक्रम शाहाले नेपालका बिभिन्न बिद्यालयहरुमा सहयोग गर्ने क्रममा आज घोराही ९ मा रहेको नरदेबि मावि तेघरामा यसखालको सहयोग हस्तान्तरण गरिएको र यसबाट विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको बिकासमा टेवा पुग्ने बताउनु भयो । २०१३ सालमा स्थापना भएको नरदेबि माबि तेघरामा ६ कक्षासम्म अग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । १२ कक्षा सम्म पढाइ हुने बिद्यालयमा ६ सय बढि बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक राजेन्द्रप्रसाद भट्राइले गरेका थिए ।