बेटर बाँकेकाे अध्यक्षमा देवेन्द्र पौडेल चयनभएका छन् । संस्थापक अध्यक्ष युवराज देवकोटाको अध्यक्षतामा बसेको बैठकले पाैडेलकाे नेतृत्वमा सर्बसम्मत नयाँ कार्य समितीको गठन हाे। जसकाे उपाध्यक्षमा सञ्जय मण्डल,सचिबमा सरोज बाबू पंगेनि, सह-सचिवमा रविन गौतम, कोषाध्यक्षमा सिर्जना पौडेल रहेका छन् ।
यसैगरी सदस्यहरूमा कुबेर जंग शाही,मेन प्रसाद देवकोटा, रुपा खड्का,लबिधुसी बम रहेका छन् । सल्लाहकारमा रिषि थापा र युवराज देवकोटालाई चयन गरिएकाे छ । साथै बेटरले बिगत १६ दिन देखि संचालन गर्दै आएको “जाडोको लागि न्यानो अभियान” द्वारा संकलित न्यानो कपडाहरु निलसागर सेवाश्रम कोहलपुरलाई हस्तान्तरण पनि गरेको छ।