२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

‘स्वस्थ जीवनकालागि याेगा अनिवार्य’

स्वस्थ जीवन जिउनका लागि याेगा गर्न आवश्यक रहेकाे हापुरेमा भएकाे एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । ‘स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना’ भन्ने मुल नारा सहित बबई गाउँपालिकाकाे हापुरेमा भएकाे आठौं राष्ट्रीय योग दिवस कार्यक्रममा सहभागिहरूले विभिन्न किसिमका राेगबाट बच्नका लागि याेगा अनिवार्य गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा बाेल्दै बबई गाउपालिका अध्यक्ष कुल वहादुर खत्रीले योगाबाट ५०% रोग निको हुने बताउनुभयाे । योगाको माध्यमबाट सम्मुन्नत समाज बनाउन सकिने उहाँले बताउनुभयाे । कूलत र दुर्व्यसनीमा लागेकालाई सच्चा बाटोमा ल्याउन सकिने भएकोले योग शिक्षा बबई गाउपलिकामा अनिवार्य गरिने समेत बताउनुभयाे ।

जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चाैधरीले सबैले याेगा गरेर स्वस्थ्य भई सभ्य समाज निमार्ण गर्नुपर्नु बताउनुभयाे । यसैगरी बबई गाउँपालिका प्रवक्ता तथा वडा नं.७ का वडा अध्यक्ष तिलकराम भण्डारीले याेगा स्वास्थ्यसंग जोडिएकाले याेगालाई आधारभूत शिक्षाकाे रूपमा लिनुपर्नु बताउनुभयाे । याेगा अनिवार्य आवश्यकता भएकाले यसका लागि बजेट छुट्याउने जानकारी दिनुभयाे । वडा नं. ४ का अध्यक्ष टेक वहादुर वलीले योगा अनुशासन र निरोगीको प्रयाबाची भएकाे बताउनुभयाे । यस अभियानलाई गाउ स्तरसम्म बढाउन पहल गर्ने उहाँले बताउनुभयाे ।
पतञ्जली हापुरेकी नुमा केसी को सभापतित्व कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हर्क श्रीस, इप्रका खिलतपुरका प्रमुख मान वहादुर बीसी, नेपाली कांग्रेसका नेता पूर्ण केसी, सहकारी अध्यक्ष चूड़ामणि कडेल, ज्ञानेद्र खड़का, पुस्कर पौडेल, शान्तिनगर पतञ्जली समितिका पदाधिकारी को लगायतककाे उपस्थिति थियो ।
योग समिति जिल्ला सदस्य अम्मर भुसालको स्वागत मतव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण बसन्ती ढकालले गर्नुभएकाे थियाे ।