२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रथम हात्तिखाल फुटबल प्रतियोगिताको उपाधि आयोजकले जित्यो

शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित हात्तिखाल सामुदायिक वनको आयोजना भएको संचालन भएको प्रथम हात्तिखाल फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ । गत पुष २९ गते देखि संचालन भएको फुटबल प्रतियोगितामा आयोजक टिमले दुधेना फुटबल क्लवलाई ० का विरुद्धले १ गोल गर्दै आयोजक टिम विजेता बन्न सफल भएको हो । दुधेना फुटबल क्लव उपविजेता बनेको छ । विजेता आयोजक टिमले रु २५ हजार, प्रमाण पत्र, मेडल र ट्रफी, र उपविजेता दुधेना फुटबल क्लवले रु १२ हजार, प्रमाण पत्र, मेडल र ट्रफी जितेको छ ।
यसैगरी खेलमा वेस्ट प्लेयर देवराज बस्नेत, वेस्ट किपर प्रतिक रसाइली, टप स्कोर विशाल चौधरी बन्न सफल भएका छन् । सामुदायिक वनका अध्यक्ष शशिराम विष्टको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओपेन्द्र वहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सुशिल भण्डारीले गर्नु भएको थियो । खेल संयाेजकमा माेहन रावत र प्रसिद्ध मगर रहनु भएकाे थियाे ।