२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बिपद् ब्यवस्थापन समिति बबईकाे बैठक सम्पन्न

दाङको बबई गाउँपालिका स्तरिय स्थानीय बिपद ब्यबस्थापन समिति बबईकाे बैठक हापुरेमा सम्पन्न भएको छ। स्थानीय बिपद ब्यबस्थापन समिति बबईका संयाेजक तथा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न बैठकमा आर्थिक बर्ष २०७८/७९ मा स्थानीय बिपद ब्यबस्थापन समिति बबईले गरेकाे प्रगति प्रतिबेदन गरिएको थियोे ।

तत्कालीन स्थानीय बिपद ब्यबस्थापन शाखा प्रमुख भुबनचन्द बालान क्षेत्रीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदनमा आगलागी प्रभावित २ वटा परिवारले राहत सामाग्री सहित जनही ५ हजारका दरले र हावाहुरी पिडित १७ परिवारले जनही ७ हजार रुपैयाँका दरले बितरण गरिएको उल्लेख गरिएकाे थियाे ।

त्यस्तै आर्थिक बर्ष २०७९/८० अन्तरगत गत असाेज १८ गतेदेखि २३ गतेसम्म परेकाे अविरल वर्षका कारण घरमा क्षति भएका ३७ परिवारलाई जनही ५ हजारका दरले राहात उपलब्ध गराएकाे स्थानीय बिपद ब्यबस्थापन शाखा प्रमुख बिमला भण्डारीले जानकारी दिनुभयो ।

बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलले सञ्चालन गर्नुभएको बैठकले गत असाेज १८ गतेदेखि २३ गतेसम्म परेकाे अविरल वर्षका कारण अवरुद्ध बाटो मर्मत सम्भार गरेका सम्पूर्ण वडालाई प्रकाेप ब्यबस्थापन काेषबाट जनही १ लाख रुपैयाँका दरले उपलब्ध गराउने, भुकम्पका कारण घर गाेठ चर्किएका र चर्पी भत्किएका ३ परिवारलाई जनही ५ हजार राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेकाे छ।