तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ निवासी ५१ वर्षीय टेक बहादुर खड्का र सोही ठाउ निवासी ५० वर्षीय ज्ञानुमाया रेउले रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बालापुर देखी तुलसीपुर तर्फ आउदै गरेको रा ६ प १३६१ नम्बरको मोटरसाइकलले तुलसीपुर ८ कृष्ण मन्दिर नजिकै पैदल हिडीरहेका उनीहरुलाई ठक्कर दिएकाे हाे। घाइते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणामा लिएकाे छ ।