२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

शान्तिनगर ६ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु

दाङको शान्तिनगर गाउँपािलका वडा नं. ६ मा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । विहिवार एक कार्यक्रम विच वडा स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले खेलकुद प्रतियोगिता उद्घाटन गर्दै खेलकुदले शारिरीक स्वस्थतासंगै मानिसलाई अनुशासित बनाउने बताउनु भयो । खेल र खेलकुद खेलाडिको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष शेर वहादुर भण्डारीको सभापतित्वमा, पालिका अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी (के.सी.) को विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा भलिवल सहायक प्रशिक्षक भिम वहादुर डाँगी लगायतले बोल्नु भएको थियो ।
वडा सदस्य लोक बहादुर ओलीकोक स्वागत मन्तव्यबाट सुरु कार्यक्रमको सहजिरकण खेलकुद समन्वयकर्ता प्रदिप अधिकारीले गर्नु भएको थियो । वडा स्तरीय खेलकुद प्रतियोगितमा भलिवल, फुटवल, क्रिकेट, रसी तान्ने, भाले पकड प्रतियोगिता हुने छन् ।