२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

बबई ७ मा वडा स्तरीय युवा क्लव गठन

बबई गाउँपालिका वडा नं ७ मा वडा स्तरीय युवा क्लव गठन गरिएकाे छ । बुद्धिराज कवरकाे अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय युवा क्लव गठन गरिएकाे हाे । जसकाे उपाध्यक्षमा निश्चल बुढाथोकी, सचिवमा रुपा परियार, काेषाध्यक्षमा प्रमिला बस्नेत रहेका छन् । सदस्यहरूमा शर्मिला वि.क.,एसिन पुलामी मगर, प्रमिता चौधरी, हेमा थापा,सरिता डाँगी, पुजा डाँगी,अंकित वि.क., कृष्ण भण्डारी, बिष्णु परियार रहेका छन् । आज वडामा भएकाे एक भेलामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेकाे हाे । भेलामा वडा अध्यक्ष तिलकराम भण्डारी, सदस्यहरू इन्द्र वहादुर डाँगी, मेवालाल पुलामी, रामकली नेपाली लगायत वडा भित्रका युवाहरूकाे सहभागिता रहेकाे थियाे ।