२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

घोराहीमा नाप तौलको शिविर सञ्चालन हुने

दाङ जिल्ला उद्योग वाणिज्य संघले नाप तौलको सम्वन्धी शिविरसञ्चालन गर्ने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय नेपालगञ्जको सेवा जिल्लामा दिन थालिएको हो । शिविर सोमवार देखि घोराहीमा हुने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । शिविरमा उद्योगी तथा व्यावसायीहरुले आफना नाप तौलका सामग्रीको चेक जाँच , नविकरण, नयाँ दर्ता, गराउन सक्ने भएका छन् ।

उद्योगी तथा व्यावसायीहरुको सहजताको लागि आयोजना गरिएको सिवीरको लाभ लिन समेत अध्यक्ष वुढाथोकीले आग्रह गरेका छन् । ‘नाप तौलका सामाग्री परीक्षण, तथा नविकरण गराउनका लागि जिल्ला वाहिर जानु पर्ने बाध्यता रहेको छ सिवीरमा सेवा पाउने भएकाले अवसर लाभ लिनुहोस’ उनले भने । उद्योगी तथा व्यावसायीहरुलाई नाप तौल कार्यालय संग समन्वय गरेर सिवीर सञ्चालन गर्न थालिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारीदिए । जिल्लामा नाप तौलको कार्यालय नहुदा उद्योगी तथा व्यावसायीहरुलाई नेपालगञ्ज सम्म जानु पर्ने वाध्यता रहेको छ ।