२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारबोट चोकमा गएराति ठक्कर दिदा दुर्घटना भएको हो ।

ठक्करबाट घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पुर्ण पुनमगरको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका पुनको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका २ निवासी २८ वर्षीय निर्मल बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।