२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शिक्षा गुणस्तरीय र ब्यवहारिक हुनुपर्छ : समन्वय प्रमुख शर्मा

शिक्षा गुणस्तरीय र ब्यवहारिक हुनुपर्छः समन्वय प्रमुख शर्मा
दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २२ औं वार्षिकोत्सव कार्यक्रम आज बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलीयाको सभापतित्व एवं जिल्ला समन्वय समिति दाङका संयोजक नित्यान्द शर्माको प्रमुख आतिथ्यता एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङका अध्यक्ष मधुसुदन के.सी.को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संयोजक शर्माले छोटो समयमा पनि ज्योतिपुञ्ज विद्यालयले विशिष्ट पहिचान बनाउन सकेको भन्दै विद्यार्थी र अभिभावकको माग अनुसार सयम सापेक्ष शिक्षासँगै अन्य ब्यवहारिक शिक्षा दिन सुझाव दिनुभयो । अभिभावकमैत्री र प्रविधिमैत्री भएर शिक्षाका कार्यक्रम गर्न जरुरी भएको भन्दै उहाँले एकले अर्कालाई दोष लगाएर भन्दा पनि समाजको बिकासका लागि शिक्षा क्षेत्रको बिकासमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षा गुणस्तरीय र ब्यवहारिक हुनुपर्ने भन्दै उहाँँले शिक्षाको बिकासका लागि सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन दाङका मधुसुदन के.सी.ले राज्यको शैक्षिक गुणस्तर कायम गर्नमा निजी विद्यालयहरुको महत्वपूर्ण योगदान रहेको तर राज्यले जहिले पनि उपेक्षाको नजरले हेर्ने गरेको भन्दै निजि विद्यालयहरुमा कार्यरत जनशक्तिहरुलाई उच्च मनोबलका साथ कार्य गर्न आग्रह गर्नुभएको छ । ज्योतिपुञ्ज स्कुल नयाँ व्यवस्थापनका साथ संचालन भएको छोटो समयमा यो अवस्थासम्म आउनु स्पष्ट दृष्टिकोण सहितको योजना भएको भन्दै उहाँले अभिभावकहरुको यो विश्वासलाई सम्मान गरेर विद्यालय अघी बढ्न सुझाव दिनुभयो ।
ज्योतिपुञ्ज आबासीय माध्यमिक विद्यालय प्रा.लि.का अध्यक्ष हेमराज शर्माले संस्थाले हालसम्म गरेका र आगामी दिनमा गर्ने कार्यक्रमहरुको विषयमा जानकारी दिनुभएको थियो । दिर्घकालिन योजनाका साथ सञ्चालन शु्रु गरिएको ज्योतिपुञ्जले लोकसेवा आयोगको नमुनामा मासिक परीक्षा संचालन,हरेक दिन कक्षामा अतिरिक्त कार्यक्रमको संचालन,विद्यार्थी केन्द्रित मल्टिमीडियामा आधारीत शिक्षण पद्धती,प्रथम घण्टीमा उत्पे्ररणमूलक विषयवस्तुको शिक्षण,विद्यार्थीहरुको वायोग्राफि प्रस्तुत,ई–पोर्टफोलीयोको माध्यमबाट अभिभावकहरुसँग अन्तरक्रिया,विभिन्न २९ वटा वैज्ञानीक आधारहरुमा कापि परीक्षण,आकर्षण छात्रवृत्ती उपलव्ध,अभिभावकहरुको निरन्तर फलोअप,पि.एच.आर. कार्यक्रम,वातावरण सचेतीकरण लगाएतका कार्यक्रमहरु संचालनमा आएको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा वर्षोत्कृष्ट अभिभावकको रुपमा कुमार सुवेदी,उत्कृष्ट शिक्षकमा मञ्जु भुसाल र उत्कृष्ट कर्मचारीमा भरत चौधरीलाई सम्मान गरिएको थियो । यसैगरी कक्षा ६ देखि १० टपरमा नीति शर्मा, आधारभूत तह टपर प्रिसा खनाल,सुवोध खनाल र दिपज्योती बुढा मगर र प्रि लेभल टपर नवयुग बुढा मगर,समर्थ पाण्डेय र समिक्षा घर्ती मगरलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी वर्ष उत्कृष्ट विद्यार्थी सुवेक्षा पौडेल,नियमित विद्यार्थी सचिन रिजाल,अङ्गे्रजी भाषा प्रवद्र्धक सरिना अर्याल,अनुशासीत विद्यार्थी निकिशा शर्मा, बर्ष खेलाडी बिधाबाट अर्जुन नेपाली, नियमित स्वास्थ्य हेरविचार विधामा एञ्जिला पुन मगरलाई सम्मान गरिएको थियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजीत विभिन्न खेलहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
विद्यालय संचालक समितिका सदस्य रश्मी पाडेय धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरु शिशिर रेग्मी र साजवी ढकाल, अभिभावक कुमार सुवेदी लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य,नाटक,गित,तेक्वान्दो,कविता,गिति कथा लगाएतका प्रस्तुतीहरु राखेका थिए । घोराही उप–महागरपालिका वडा नं. १४ स्थित दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा आयोजीत कार्यक्रमको सहजिकरण विद्यार्थीहरु स्मृती पाण्डेय र भिजन के.सी. ले गर्नुभएको थियो ।