२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरमा जग्गाको कित्ताकाट खुल्ला

तुलसीपुरमा जग्गाको कित्ताकाट खुल्ला भएको छ । नयाँ भु–उपयोग नियमावली २०७९ अनुसार वडाले जग्गाको वर्गिकरण गरेपछि नगरका १५ वटा वडामा जग्गाको कित्ताकाट खुल्ला भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका चार वटा वडाबाहेक अन्य वडामा जग्गाको कित्ताकाट बिहिबारदेखि शुरु हुने मालपोत कार्यालय तुलसीपुरका प्रमुख कणर्बहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरका वडा नम्बर ३, १०, १२ र १४ बाहेक अन्य वडामा जग्गाको कित्ताकाट भोलिदेखि हुने भएको हो । नगरका १५ वटा वडाले जग्गाको वर्गिकरण गरेर पठाएपछि गत मंसिर २३ गतेदेखि कित्ताकाट भोलिदेखि शुरु हुने प्रमुख नेपालीले बताउनुभयो ।

उहाले बाँकी चार वटा वडामा पनि करिब एक साताभित्र कित्ताकाट शुरु गर्न सकिने बताउनुभयो । भु–उपयोग नियमावली २०७९ अनुसार जग्गाको वर्गिकरण कृषि, आवास लगायत १० वटा क्षेत्रमा वर्गिकरण गर्नुपर्ने भएपनि तुलसीपुरमा अहिले तत्काल पहिलो चरणमा कृषि र गैह्रकृषि छुट्याएर कित्ताकाट खुल्ला गरिएको छ ।