दाङको बबईका एक व्यक्तिले स्वर्गिय आमाको सम्झनामा विकट क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । बबई ५ हापुरे निवासी ओबिराम सुवेदीले स्वार्गिय आमा निमा कुमारी सुवेदी सम्झनामा बबई १ भाङाबारीका जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
सो विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार ४८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । प्रति बिद्यार्थी ६ वटा कापी, १२ कलम, २ ईलेजर, २ कटर र नास्ता अन्तर्गत १ वटा चाउचाउ उपलब्ध गराइएको हो । यसैगरी
बबई ५ मा रहेको जौबारीहेको विद्यालयका विद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गरिएको थियो ।\