२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

नेपाली कांग्रेस शान्तिनगरकाे प्रथम पालिका सम्मेलन सम्पन्न

नेपाली कांग्रेस शान्तिनगरकाे प्रथम पालिका सम्मेलन सम्पन्न भएकाे छ । नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक के.सी.काे सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीकाे प्रमुख आतिथ्यता एवम् नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, पुर्व सभापति कृति वहादुर खड्का, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, महाधिवेशन प्रतिनिधि केशव आचार्यकाे  विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टी बलियाे बनाउन गाउँमुखी संगठन विस्तार गर्नुपर्ने बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरीले शहरमुखी भन्दा गाउँमुखी संगठन विस्तार गरे मात्र पार्टी संगठित र बलियाे बन्ने बताउनुभयाे । गाउँका गरिब,दुखी,वेसहारा र विपन्न परिवारकाे भावना बुझ्दै पार्टीले काम गर्नुपर्ने सुझाव राख्नुभयाे । पालिका तथा वडाका जनप्रतिनिधिले जनता र पार्टीसंग समनवय गरेर समाजमा विकास गर्नुपर्ने बताउनुभयाे । निर्वाचन जितेर जनप्रतिनिधिले पार्टी भुल्ने गरेकाे प्रति दुख व्यक्त समेत गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस दाङका सभापति सभापति डाँगी दाङमा वडा सम्मेलन सकेर पालिका सम्मेलन गर्न लागेकाे बताउनुभयाे । पार्टी मजबुत र संगठित बनाउन सबै कार्यकर्ताकाे हात हुने बताउनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरू टीका घर्ती, युवराज खड्का, नेपाली कांग्रेस दाङका सहसचिव सुबाेध डाँगी, क्षेत्र नं ३ सभापति जगत खड्का, ३ ख सभापति खिमवहादुर वली, नेपाली कांग्रेसका नेताहरू टेक वहादुर खत्री, कुल वहादुर खड्का, डिल्ली बुढाथाेकी, पार्वती पुन, यादव चाैधरी लगायतले बाेल्नु भएकाे थियाे ।
कार्यक्रममा बार्षिक तथा प्रगति प्रतिवेदन सचिव दिपक लामिछाने र आर्थिक प्रतिवेदन काेषाध्यक्ष थमन कडेलले प्रस्तुत गर्नु भएकाे थियाे ।
नेपाली कांग्रेस शान्तिनगरका सभापति दाेर्ण वहादुर खत्रीकाे स्वागत मन्तव्यवाट सुरू भएकाे कार्यक्रम सहजिकरण सचिव दिपक लामिछानेले गर्नुभएकाे थियाे ।