२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

बबईमा अटो दुर्घटना हुँदा ७ जना घाइते

पश्चिमदाङको बबई गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । हापुरेबाट जौबारी जाँदै रा १ ह १९७१ नं. अटो ट्वाखोला नजिकै ठुली उकालोमा दुर्घटना इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम वहादुर सुनारले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको र घाइतेहरुको उपचार हापुरेमा रहेको माता मनकामना पोलिक्निकमा उपचार भइरहेको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।