हापुरे पुरन्धारा खानेपानी तथा सरसफाई उपभोक्ता समिती बबई ४ र ५ हापुरेको १५आैं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष खिमे सोमैको अध्यक्षता तथा लुम्विनी प्रदेश सभासद धनबहादुर मास्की राजेशकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बाेल्दै सांसद मास्कीले हरेक जनताले शुद्ध खानेपानी पाउनु पर्ने बताउदै यसका लागि आफुले पहल गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति नन्द रावल, नेकपा एमालेका प्रदेश सदस्य भुवनेश्वर पौडेल, नेकपा एमालेका केन्द्रिय लेखा आयोग सदस्य साबित्रा बिश्वकर्मा, संस्थाका संथापक अध्यक्ष कृष्णबहादुर खत्री लगाएतले बोल्नु भएको थियो ।