२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

कालिगण्डकी नदीमा बस खस्दा १७ जना घाइते

मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खसेको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।