२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगरमा फागुन ११ गते देखि हात्तिपाइले विरूद्धको औषधी सेवन

दाङको शान्तिनगर गाउँपालिकामा फागुन ११ गते देखि हात्तिपाइले राेग विरूद्धको औषधी सेवन अभियान सुरू हुदैछ । राष्ट्रिय अभियान अन्तर्गत शान्तिनगर गाउँपालिकामा पनि फागुन ११ गते देखि हात्तिपाइले राेग विरूद्धको आम औषधी सेवन अभियान सुरू हुन लागेको हो । हात्तिपाइले रोगबाट बच्नका लागि औषधी सेवन गर्न पालिका अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगरबासी सबैमा आग्रह गर्नु भएको छ । राष्ट्रिय अभियानमा सबै सरिक हुन अध्यक्ष बस्नेतले सबैमा आग्रह गर्नु भयो ।
हात्तिपाइले रोग लागेका मानिसलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने भएकाले यस रोगबाट बच्न औषधी सेवनले गर्नुपर्ने शान्तिनगर स्वास्थ्य शाखा प्रमुख हरी पुनले आग्रह गर्नु भएको छ । यो रोगबाट बच्न औषधी सेवन गर्नुपर्ने भएकाले ढुक्क भएर औषधी सेवन गर्न प्रमुख पुनले आग्रह गर्नु भयो । कसै कसैलाई औषधी सेवन पश्चात सामान्य असर भएपनि आफै निको भएर जाने गर्दछ ।