२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरकाे रक्षाचौरमा मोटरसाइकलको ठक्करबाट एक किशोर घाइते

दाङ तुलसीपुरकाे रक्षाचौर स्कुल नजिकै मोटरसाइकलको ठक्करबाट एक किशोर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका –४ फलावाङ निवासी १८ वर्षका टिका रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
तुलसीपुरबाट सल्यान जाँदै गरेको रा४प ६११९ नम्बरको मोटरसाइकलले दिउँसो साढे दुई बजे रक्षाचौर स्कुल नजिकै ठक्कर दिएको थियो ।