२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

बबईमा अन्तर मा.वि. स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

दाङको बबई गाउँपालिकामा ७३ ओैं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तिन दिने अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बबई गाउँपालिककाको शिक्षा युवा तथा खेलकुद शाखाको अयोजनामा गत फागुन ७ गतेदेखी हापुरेको जनकल्याण माध्यामिक बिद्यालय हापुरे भएको प्रतियोगीताको मंगलबार एक कार्यक्रमका बिच समापन गरीएको हो ।

विभिन्न विधामा सम्पन्न खेलकुद प्रतियाेगिताकाे विजेतालाई पुरस्कार वितरण गरिएकाे थियाे । खोको छात्र तथा छात्रा तर्फ र फुटबल छात्र तर्फ गरी २ वटा प्रतियोगिता सञ्चालन भएको प्रतियोगितामा बबई गाउँपालिका भित्रका ८ वटा बिधालय सहभागीता रहेको थियो । प्रतियोगिता अन्तरगत खोको छात्रा तर्फ प्रथम स्थान जनकल्याण माबि पदमपुरले हासील गरेको छ । द्धितिय स्थान भानुभक्त मावि कौशिलापुरले हासिल गरेको छ । त्यस्तै खोको छात्र तर्फ प्रथम स्थान पुरन्धारा एभरेस्ट एकेडेमी र द्धितिय स्थान जनता मावी हंसपुरले हासिल गरेको छ । फुटबल तर्फ प्रथम स्थान जनकल्याण माबि पदमपुरले हात पारेको छ भने द्धितिय स्थान पिपुल्स ल्याण्ड बोर्डिङ स्कुल हापुरेले हासिल गरेको छ । प्रतियोगिता अन्तरगत फुटवल तर्फ प्रथम स्थान हासिल गर्न सफल टिमले ९ हजार रुपैयाँ नगत सहीत मेडल र प्रमाण पत्र हात पारेको छ भने द्धितिय स्थान हासिल गर्न सफल टिमले ५ हजार २ सय पचास रुपैयाँ सहित मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै खोको छात्र तथा छात्रा तर्फ प्रथम स्थान हासिल गर्न सफल टिमले हजार नगत सहीत मेडल र प्रमाण पत्र हात पारेको छ भने द्धितिय स्थान हासिल गर्न सफल टिमले ३ हजार ७ सय ५० रुपैयाँ नगत सहित मेडल र प्रमाण पत्र हात पारेको छ ।

बबई गाउँपालिका युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत मोहनलाल दाहालको अध्यक्षता तथा पालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष तिलकराम भण्डारी, वडा नं. ५ का अध्यक्ष हर्क बहादुर श्रीस मगर, बबई गाउँपालिका सामाजिक बिकास समिती संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वली लगायतकाले बोल्नुभएको थियो । कार्यक्रमकाे सहजिकरण बबई गाउँपालिका प्राविधिक साहयक रामचन्द्र वलीले गर्नुभएकाे थियाे ।