२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

३० महिनामा सकिने लमही घोराही तुलसीपुर सडक चार बर्ष सम्म किन बनेन ? : सांसद गिरी

दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले अकालमै ज्यान गुमाएनु परेकाे बताएका छन् । नेपालीका कांग्रेससका नेता तथा सांसद गिरीले बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर  लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै  सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरे ।

अपेक्षित काम नहुँदा समेत तीन पटक म्याद थपिएको उल्लेख गर्दै उनले सडकका दुराअवस्थाकै कारण २२ जनाले ज्यान गुमाउनुपरेको बताए ।‘त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो’ उनले अगाडि थपे, ‘वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ । यसबारे सरकार किन मौन ? यसको जवाफ कसले दिने हो ? सडक विभाग हो कि को हो ? वास्तविक कुरा आउनुपर्यो ।’