दाङकाे बबई गाउँपालिका गाउँ कार्यपालिकाको २३ औं बैठक सम्पन्न भएको छ। पालिका अध्यक्ष कुल बहादुर खत्रीकाे अध्यक्षतामा सम्पन्न भएको बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गरि निर्णय गरेकाे छ ।
बैठकले करिब ३ कराेड लागतमा सम्पन्न हुनेगरि बबई चिस्यान केन्द्रकाे डिपिआर स्विकृत गरि टेन्डर आह्वान गर्ने निर्णय गरेको छ। बबई गाउँ पालिका भित्र रहेका बिभिन्न स्थानमा झाेलुङगे निर्माण गर्न सस्पेन्सन बृज डिभिजन कार्यालय ललितपुरमा अनुरोध गर्ने निर्णय गरेकाे गाउँपालिका प्रवक्ता तिलकराम भण्डारीले जानकरी दिनुभयाे । यसैगरी बबई गाउँपालिका वडा नं १,७र ४मा बिद्युत बिस्तारका लागि बिनियोजन गरिएको १९ लाख बिद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रसंग समन्वय गरि सम्झौता अनुसारकाे काम गर्ने जिम्मा दिने निर्णय गरिएकाे छ ।