२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

हात्तिपाइले राेगबाट बच्न अनिवार्य औषधी सेवन गराैं : अध्यक्ष बस्नेत

हात्तिपाइले राेगबाट बच्न अनिवार्य औषधी सेवन गर्न शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमाेद बस्नेतले गाउँपालिकाबासी सबैमा अनुराेध गर्नु भएकाे छ ।

दाङमा आज फागुन ११ गते राष्ट्रिय अभियान अन्तर्गत हात्तिपाइले विरूद्धकाे औषधी सेवन अभियान सुरू हुदैछ । आज देखि सुरू हुने हात्तिपाइले विरूद्धकाे औषधी सेवन अभियानमा सरिक भइ सबैले अौषधी सेवन गर्न अध्यक्ष बस्नेतले आग्रह गर्नुभयाे । हात्तिपाइले राेग खतरनाक राेग भएकाले भविष्यमा लाग्न सक्ने राेगबाट बच्न औषधी सेवन गर्नुकाे विकल्प नभएकाे उहाँकाे भनाई छ ।
हात्तिपाईले राेग निवारण आम औषधी सेवन अभियानलाई सफल पार्न सबै एकजुट हुनुपर्ने बताउनुभयाे । शान्तिनगर गाउँपालिकाले सेवन गर्नुकाे विकल्प नभएकाे उहाँकाे भनाई छ । हात्तिपाईले राेग निवारण आम औषधी सेवन अभियान घर घरसम्म पुर्याउन स्वास्थ्यकर्मी परिचालन तथा सन्देशमुलक प्रचार प्रसारलाई तिव्रता दिइरहेकाे छ । माइकिङ, पम्पलेट, रेडिया, अनलाइन तथा सामाजिक संजालमा प्रचार प्रचार गरिरहेकाे स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयाे ।
हात्तिपाइले राेग लागेका मानिसलाई अशक्त, अपाङ्ग बनाउने भएकाले यस राेगबाट बच्न औषधी सेवनले गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख पुनले आग्रह गर्नुभयाे । औषधी सेवनले कुनै असर नगर्ने भएकाले ढुक्क भएर औषधी सेवन गर्न प्रमुख पुनले आग्रह गर्नु भयाे । कसै कसैलाई औषधी सेवन पश्चात सामान्य असर भएपनि आफै निकाे भएर जाने गर्दछ ।