२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दंगिशरणमा हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान सुरूवात

हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवनको राष्ट्रिय अभियान अन्तर्गत आज देखी दंगीशरण गाउँपालिकाले आम औषधि खुवाउने अभियानको औपचारिक सुरुवात गरेको छ । बिरेन्द्र मा.बि हेकुलिमा आज एक कार्यक्रमका विच अभियानको गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले औषधि खाएर अभियानको उद्घाटन गर्नुभएको हो । आज देखी १५ गते सम्म अभियानकै रुपमा आम औषधि खुवाउने अभियान जोडीने स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताउनुभयो । १२ औं पटक सम्म पनी दाङ जिल्ला हात्तीपाइले रोग उन्मुलन जिल्लाको रुपमा घोषणा हुन नसकेपछि अहिले १३ औं पटक अभियानलाइ सार्थक बनाउन गाउँपालिका अध्यक्ष शम्भु गिरीले सबैमा आग्रह गर्नुभयो । बुझेकाहरुले नबुझेकालाइ बुझाउने र बिद्यालयका विद्यार्थी, शिक्षकको सहायतामा अभियानलाई टोल टोलमा लैजान अध्यक्ष गिरीले निर्देशन दिनुभयो ।