हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवनको राष्ट्रिय अभियान अन्तर्गत आज देखी शान्तिनगर गाउँपालिकामा पनि सुरुवात गरिएकाे छ । पालिका उपाध्यक्ष प्रेमा केसी र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले औषधी सेवन गरेर अभियानकाे सुरूवात गर्नु भएकाे हाे ।
आज अभियानकै रुपमा आम औषधी खुवाउने अभियान सुरूवात गरिएकाे स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयाे । हात्तिपाइले राेग लागेमा मानिसलाई अशक्त, अपाङ्ग बनाउने भएकाले यस राेगबाट बच्न औषधी सेवनले गर्नुपर्ने प्रमुख पुनकाे भनाई छ । औषधी सेवनले कुनै असर नगर्ने भएकाले ढुक्क भएर औषधी सेवन गर्न प्रमुख पुनले आग्रह गर्नु भयाे । कसै कसैलाई औषधी सेवन पश्चात सामान्य असर भएपनि आफै निकाे भएर जाने गर्दछ । आज शान्तिनगर गाउँपालिकामा ३ हजार ८ सय ३२ जनाले औषधीले सेवन गरेकाे उहाँले बताउनुभयाे ।
हात्तिपाईले राेग निवारण आम औषधी सेवन अभियान घर घरसम्म पुर्याउन स्वास्थ्यकर्मी परिचालन तथा सन्देशमुलक प्रचार प्रसारलाई तिव्रता दिइरहेकाे छ । माइकिङ, पम्पलेट, रेडियाे, अनलाइन तथा सामाजिक संजालमा सन्देश मुलक प्रचार प्रचार गरिरहेकाे स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयाे ।