२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

छैठाैं सक्रिय कप फुटबल प्रतियाेगिता फागुन २० देखि २५ गते सम्म हुने

बबई ७ चरकमटियामा फागुन २० देखि २५ गते सम्म हुने छैठाै सक्रिय कप खुल्ला वडा स्तरिय फुटबल प्रतियाेगिता हुने भएकाे छ । सक्रिय युवा क्लवकाे आयाेजनमा हाम्राे सान, हाम्राे मान, खेलकुद हाम्राे पहिचान भन्ने मुल नाराका साथ छैठाै सक्रिय कप खुल्ला वडा स्तरिय फुटबल प्रतियाेगिता हुन लागेकाे हाे । प्रतियाेगिमा प्रथमलाई नगद ३३,१३३ र द्धितृयलाई नगद १६,६६६, प्रमाण पत्र, कप तथा मेडल प्रदान गरिने क्लवका अध्यक्ष पूर्णपंकज पुनले जानकारी दिनुभयाे । यसैगरी विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट खेलाडिलाई पनि पुरस्कारकाे व्यवस्था रहेकाे अध्यक्ष पुनले बताउनुभयाे । फागुन १९ गते साझ ५ बजे सम्म टिम दर्ता गरिने छ भने टिम दर्ता शुल्क ३५०० रूपैया रहेकाे छ । खेलमा सहभागी भइदिन सबै गाउँपालिकाका वडा स्तरिय खेलाडिलाई क्लवले सबैमा आग्रह गरेकाे छ ।