२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

शान्तिनगरमा फागुन १८ गते देखि २० गते सम्म अध्यक्षकप खेलकुद प्रतियाेगिता हुने

शान्तिनगर गाउँपालिकामा फागुन १८ गते देख २० गते सम्म अध्यक्षकप खेलकुद प्रतियाेगिता हुने भएकाे छ । शान्तिनगर गाउँपालिका वडा नं. ७ मावि तुलसीपुरकाे खेलमैदानमा हुने अध्यक्षकप खेलकुद प्रतियाेगिता अन्तर्गत फुटबल र भलिबल प्रतियाेगिता हुने भएकाे छ । शान्तिनगर गाउँपालिकालाई खेलकुदकाे क्षेत्रमा विकास गर्न खेलकुद प्रतियाेगिता राखिएकाे पालिका अध्यक्ष प्रमाेद बस्नेतले बताउनुभयाे । शान्तिगाउँपालिकामन विभिन्न विकाससंगै खेलकुदकाे विकासमा पनि ध्यान दिदै युवा खेलाडिलाई प्राेत्साहन गरिने अध्यक्ष बस्नेतले बताउनुभयाे । सक्षम र दक्ष खेलाडि उत्पादन गरि राष्ट्रिय स्तर सम्म शान्तिनगर गाउँपालिकालाई चिनाउने लक्ष्य रहकाे उहाँले बताउनुभयाे ।

फागुन १८ गते देखि २० गते सम्म संचालन हुने अध्यक्षकप खेलकुद प्रतियाेगितालाई व्यवस्थित गर्न सामाजिक विकास समिति संयाेजक तथा वडा वडा अध्यक्ष ओपेन्द्र वहादुर रावतकाे संयाेजक, कार्यपालिका सदस्य झुपलाल नेपाली सदस्य, शिक्षा शाखा प्रमुख सुमन पाण्डे सदस्य सचिव तथा प्रत्येक वडाबाट खेलकुद क्षेत्रमा याेगदान पुर्याएका तथा विशेज्ञता विज्ञलाई सदस्यमा समावेश गराइएकाे छ । यसैगरी प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, जिन्सी शाखा प्रमुख नन्दलाल केसीलाई आमन्त्रित सदस्यमा राखिएकाे छ । ३ दिनमा संचालित खेलकुद प्रतियाेगितामा फुटबल तर्फ प्रथम रू ३० हजार, द्धितिय रू २२ हजार तथा तृतिय रू १२ हजार नगद पुरस्कार रहेकाे र भलिबल तर्फ प्रथम रू २० हजार, द्धितिय रू १२ हजार तथा तृतिय रू ८ हजार नगद पुरस्कार रहेकाे संयाेजक रावतले बताउनुभयाे । अध्यक्षकप खेलकुद प्रतियाेगितामा सक्रिय सहभागी जनाई उत्कृष्ट खेल प्रदर्शन र कार्यक्रमलाई सफल पारिदिन सबै खेलाडिमा संयाेजक रावतले आग्रह गर्नुभएकाे छ ।