२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा सुरु

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङ सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । महाधिवेशनको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन् ।

महाधिवेशन शुभारम्भ गर्दै मुख्यमन्त्री जमरकट्टेलले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको बताए । त्यसका लागि एकजुट भएर अघि बढ्न समेत उनले  आग्रह गरे । आफू पनि लोक तथा दोहोरीगीतको श्रोता रहेको भन्दै उनले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्वपूर्ण रहेको बताए । महाधिवेशन उद्घाटनअघि बृहत र्‍याली निकालिएको थियो ।
महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । संस्थापन पक्षले रीता थापा मगरलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ भने अर्का गायक पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी छन् । एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको प्रतिष्ठानको महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।