२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

गनेशपुर पार्क तुलसीपुरलाई घोडा हस्तारण

राप्ती शान्ति उद्यान (गनेशपुर पार्क) तुलसीपुरलाई ग्रीन फाउण्डेसन नेपाल दाङले घोडा हस्तारण गरेको छ । एक कार्यक्रमका बीच पार्कका अध्यक्ष डिल्ली भण्डारीलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का र ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

हस्तातरण कार्यक्रमपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले इतिहास झल्काउने प्रतीकका रुपमा रहेको घोडाको प्राकृतिक रुपमा पनि उत्तिकै महत्व रहेको बताउनुभयो । तुलसीपुरको पहिचान  र गौरवका रुपमा रहेको पार्कलाई घोडाले थप आकर्षक बनाएको बताउँदै नजिकका पर्यटकीय क्षेत्रको अवलोकन पनि घोडा सवारीबाटै गर्न सकिने बताउनुभयो ।
दाङको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित यस उद्यानमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर घोडा सफारी गर्नका लागि घोडा हस्तान्तरण गरेको ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले पाण्डे बताउनुभयाे। अब सो उद्यानमा घोडा चढेर अवलोकन गर्न सकिने छ ।

घोडा हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसी, ग्रीन फाउण्डेसनका सचिव सुरेश रावत लगाएतको उपस्थिती रहेको थियो ।