२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

हापुरेमा साइकल दुर्घटनामा परी एक जना घाइते

दाङकाे हापुरेमा साइकल दुर्घटनामा परी एक जना घाइते भएका छन् । गएराति हापुरेबाट घर तर्फ बबई ५ पूर्वहापुरे साइकलमा जाँदै गर्दा ३९ बर्षीय मान वहादुर खाम्चा साइकल दुर्घटना परी पदमपुर सामुदायिक वन भवन नजिकै खाेल्सामा खसेका थिए । गएराति खाेल्सामा खसेर घाइते भएका खाम्चालाई आज विहान देखेर प्रहरीलाई खवर गरेका थिए ।

घाइतेकाे टाउकाे र अनुहारमा चाेट लागेकाे इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम वहादुर सुनारले जानकारी दिनुभयाे । घाइतेकाे हापुरे स्थित माता मनकामना पाेलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकाे छ ।