२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

दाङमा जिल्ला स्तरिय १३ औं राष्ट्रपती रनिङ शिल्ड सुरु

दाङ जिल्ला स्तरिय १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुक्रबार सुरु भएकोछ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य सदस्य माननिय धन बहादुर मास्किले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मास्किले भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम दाङ लाई नितिगत रुपमा खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागि पर्ने बताउनु भएकोछ।
खेलकुदको गन्तव्य बन्न खेल पुर्वाधार पहिलो आधार हो यसर्थ हामी प्रदेश स्तर बाट जिल्लाको खेलपुर्वाधार बिकास,खेलगतिबिधि लगाएतका पक्षमा नितिगत रुपमा लागि लागि पर्छौ, जिल्ला लाई खेलकुदमय बनाउने हाम्रो प्रतिवद्ता भयो उहाँले भन्नुभयो । खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजै देखि खेल विकासमा जुटौ सिङ्गो जिल्ला बाट प्रदेश हुँदै राष्ट्रिय,अन्तरास्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन हाम्रो चासो र चिन्तन बन्नुपर्छ उहाँले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जय प्रकाश भट्टराईले स्थानिय तहले ग्रामिण स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्न सके खेलकुदको बिकासले गति लिने बताउनु भयो । स्थानिय तहमा खेलकुद छ तर औपचारिकतामा मात्र सिमित छ अब स्थानिय तहमा खेलकुद बिकासको स्पष्ट नीति निर्देशिका बन्नु पर्छ अनि मात्र खेलकुदले अपेक्षाकृत रुपमा फड्को मार्छ उहाँले भन्नुभयो । उहाँले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताउनु भयो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका दाङका उपाध्यक्ष कल्पना चौधरी, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष डिल्ली बहादुर डागी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अबसरमा बिशिस्ट अतिथी दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, रणसिहदल गण घोराहिका प्रमुख रबिन्द्र महर्जन, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख पुष्पराज मल्ल, शसस्त्र प्रहरी बल तुलसिपुरका प्रमुख अशोक अधिकारी,लगाएतको उपस्थिति रहेको थियो । जिल्ला सदस्य नोखी रावतको स्वागत रहेको कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष ध्रुव आचार्यले गर्नु भएको थियो ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजि बिद्यालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा हुनेछ ।